११ असार २०८३, बिहीबार

इटलीमा थिएटरको उत्खननमा भेटियो पाँचौं शताब्दीको सिक्का

इटलीमा थिएटरको उत्खननमा भेटियो पाँचौं शताब्दीको सिक्का

काठमाडौं — इटलीको कोमो शहरमा एक थिएटरमा उत्खनन गरिँदा पाँचौं शताब्दीका रोमन सिक्काहरूको एउटो घैंटो मजदूरहरूले फेला पारेका छन् । थिएटरको बेसमेन्टमा सफाइ र मर्मतको काम भइरहँदा सिक्का भेटिएको हो । 

विशेषज्ञहरूका अनुसार, सिक्काको यो घैंटो प्राचीन सभ्यताको अवशेष हो र देशको धरोहरका लागि मूल्यवान छ । कोमो थिएटर सन् १८७० मा खुलेको थियो र सन् १९९७ मा यसलाई सिनेमाघर बनाइयो । यो धेरै पुरानो भएकाले
यसको मर्मत कार्य चलिरहेको थियो र त्यही क्रममा घैंटो भेटियो र स्थानीय प्रशासनलाई सूचना दिइयो । 

प्राचीन सिक्का भेटिएपछि प्रशासनले मर्मतको काम रोकेको छ । उक्त स्थानमा प्राचीन मूल्यवान धरोहर हुन सक्ने भएकाले पुरातत्त्व विभागसँग मिलेर काम गर्न मर्मत रोकिएको हो । 

प्रशासनले पुराना भवनहरू भत्काएर तिनको ठाउँमा सुविधासम्पन्न आधुनिक अपार्टमेन्ट बनाउने योजना ल्याएको थियो । तर अब केही समयका लागि त्यसलाई स्थगित गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्