१४ असार २०८३, आइतबार

बिग बोसमा सलमानसँग धमाका मच्चाउन आउँदैछिन् शिल्पा

बिग बोसमा सलमानसँग धमाका मच्चाउन आउँदैछिन् शिल्पा

बिग बोस १२ को शुरुवात धमाकेदार हुने भएको छ । यस शोको प्रीमियरलाई खास बनाउनका लागि यसपटक सलमान खानका साथ शिल्पा शिन्दे पनि शो को हिस्सा हुनेछिन् ।

रिपोर्टहरुका अनुसार सलमान खानका साथ शिल्पा एक पटक फेरि स्क्रिनमा देखिन लागेकी हुन् । शिल्पा शिन्दे बिग बोस ११ की विजेता हुन् । 

गत सिजमा कयौं पटक सलमान खान शिल्पा शिन्देसँग साथ देखिएका थिए । भाबी जी नामबाट चर्चामा रहेकी शिल्पा सानो पर्दाकी चर्चित अनुहार हुन् । 

अब दर्शकले सलमान र शिल्पाको धमाल हेर्न पाउने भएका हुन् । 

यसका साथै शोमा यसपट ठूला र चर्चामा रहेका स्टारहरुको सहभागीता रहने भएको छ ।

डेनी, महिका शर्मा, सृष्टि रोडे, शालीन भनोट, श्रीसंत, अनुप जलोटा, तनुश्री दत्ता, इशिता दत्ता, करणवीर बोहरा जस्ता नाम भारतीय सञ्चारमाध्यमहरुमा आइरहेका छन् । 

शो १६ सेप्टेम्बरबाट शुरु हुने छ । 
 

एक दिनका लागि ११ करोड ज्याला

सलमानले विग बोसका ८ सिजन होस्ट गरेका छन् । पहिलो सिजन प्रति भाग २.५ करोड रुपयाँ उनको ज्याला थियो ।

सिजन १२ मा आइपुग्दा उनले पाउने रकम निकै बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सिजन ११ मा उनले एक दिनका लागि ११ करोड रुपैयाँ लिएका थिए । यस सिजन उनले लिने रकम अझै बढेको भरतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 


सिजन ४ मा उनको प्रति इपिसोडको फिस २.५ करोड थियो । 

सिजन पाँच र छमा प्रति एपिसोड २.५ करोड उनको फिस थियो । 

सलमानले ७ औ एपिसोडमा ५ करोड फिस लिएका थिए । 

आठौंमा ५.५ करोड

९ औं एपिसोडमा ७ देखि ८ करोड फिस उनले लिएको दाबी भारतीय सञ्चारमाध्यमको छ । 

सिजन १० मा उनले ८ करोड प्रति एपिसोड रकम लिएका थिए । 

सिजन १० मा पुगेपछि उनले एक एपिसोडको ११ करोड लिएका थिए । त्यो रकम सिजन ११ मा पनि निरन्तर रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्