
काठमाडौं — एउटा पान्डाले झुलामा बस्ने कोशिश गरेको, असफल भएको अनि फेरि कोशिश गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
पान्डा लगातार असफल भएपनि प्रयास गर्न छोड्दैन । पल ब्रोक नामक व्यक्तिले खराब दिन चलिरहेका मानिसका लागि भिडियो प्रेरणादायी हुनसक्ने भनी ट्वीट गरेका छन् ।
यसको प्रशस्ट रिट्वीट र लाइक आएको छ । रमाइलो भिडियोले जीवनमा कठिनाइको सामना गर्ने शिक्षा दिएको भनी मानिसले खुबै रुचाइरहेका छन् ।
Just in case you're having a bad day, here's a panda trying to get in a hammock. pic.twitter.com/yftjYnfHZr
— Paul Bronks (@BoringEnormous) September 4, 2018