
काठमाडौं — अमेरिकाको उत्तरी लास भेगासमा रहेको एक हाईस्कूल परिसरमा गोलीकाण्ड हुँदा एक व्यक्तिको मृत्यु भएको छ । घटनापछि स्कूल बन्द गरिएको छ ।
कार्यवाहक प्रहरी प्रमुख जस्टिन रोबर्ट्सले पत्रकारहरूलाई बताएअनुसार, क्यान्योन स्प्रिङ्स हाईस्कूलको बेसबल फील्डमा १८ वर्षीय युवक गोली लागेको अवस्थामा भेटिएका थिए । उनलाई अस्पताल लगियो र त्यहाँ नै उनको मृत्यु भयो ।
प्रहरीले कक्षाकोठा र हलहरूमा खोजतलाश गरेको भएपनि कोही हताहत भेटेन । दिउँसो पौने ३ बजे गोलीकाण्ड हुँदा ५०० भन्दा कम विद्यार्थी एउटा कार्यक्रममा थिए । मृतक स्कूलको विद्यार्थी थियो कि थिएन भन्ने स्पष्ट छैन ।
एजेन्सी