११ असार २०८३, बिहीबार

कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाम ट्रकले किचेर सहचालकको मृत्यु

कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाम ट्रकले किचेर सहचालकको मृत्यु

विराटनगर –कृषि सामाग्री कम्पनी लिमिटेडको विराटनगरस्थित खाद्य गोदाममा ट्रक किचेर सहचालकको मृत्यु भएको छ ।

बाहिरबाट ल्याएको सामान अनलोड गर्ने क्रममा ना ५ ख ५८८८ नम्बरको ट्रकले आफ्नै सहचाललाई किचेको प्रहरीले जनाएको छ ।

करीब २२ वर्षीय मृतकको शनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कृषि सामाग्री संस्थानको खाद्य गोदाममा भएको घटनाको समयमा कार्यालय प्रमुख समेत कार्यालयमा नभएको पाइएको छ ।

प्रहरीले ट्रकका चालक काभ्रेको ज्याम्दी गाउँपालिका ३६ वर्षीय विनोद साहीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्