२३ असार २०८३, मंगलबार

टीभीएस मोटर कम्पनीले ल्यायो सुपर प्रिमियम मोटरसाइकल

टीभीएस मोटर कम्पनीले ल्यायो सुपर प्रिमियम मोटरसाइकल

काठमाडौं – टीभीएस अपाचे आरआर ३१० नाडा अटो शो २०१८ मा सार्वजनिक गरिएको छ  ।

टीभीएस २ पांग्रे र ३ पांग्रे सवारीसाधन उत्पादनमा विश्व प्रसिद्ध नाम हो । काठमाडौंमा शुरू भएको नाडा अटो शो २०१८ मा टीभीएसले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ ।

टीभीएस मोटर कम्पनीको टीभीएस अपाचे आरआर ३१०, टीभीएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो । टीभीएस अपाचे आरआर ३१०, आकर्षक डिजाइन, सुपर शक्तिशाली इन्जिन, सर्वोत्कृस्ट पर्फर्मेन्स र राइडिङ डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो । रेजर सार्प ह्याण्डलिङ र सुपेरियर प्रविधि भएको मोटरसाइकल ३६ वर्षको रेसिङ विरासतको प्रमाणित स्वरुप हो ।

सार्वजनिक कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका प्रवक्ताले भने, ‘आज टीभीएस मोटर कम्पनीको महत्त्वपूर्ण बजार नेपालमा टीभीएस अपाचे आरआर ३१० सार्वजानिक गर्न पाउँदा प्रशन्न भएको छु । यो मोटरसाइकल सबैभन्दा उत्कृष्ट र एक्सक्लुसिभ रहेको छ । ३५ वर्षको रेसिङ ट्रयाकको सिकाइ र अनुभवबाट जन्मेको अत्याधुनिक मोटरसाइकल हो ।’

टीभीएस अपाचे आरआर ३१०, ३१२ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन, जसले दिन्छ ३४ पीएस २ ९७०० आरपीएम र २७.३ एनएमआरपीएम सटिक रेस सिफ्टको अनुभव गर्न सकिने ६–स्पीड गियर बक्स भएको मोटरसाइकलको अधिकतम स्पीड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । जसले ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्र २.९ सेकेन्डमा पूरा गर्छ । एड्भान्स एरोडाइनामिक्स प्याकेज सेग्मेन्टको मोटरसाइकलमा कमै मात्र प्रयोग गरिएको छ ।

टीभीएस रेसिङको ३५ वर्ष लामो निरन्तर परिश्रमपछि टीभीएस अपाची ३१० एक नयाँ स्वरुपका साथ उपस्थित भएको छ । सिधा बाटोमा बाइकको शक्तिको प्रवाह बढाउनको लागि लाइट वेट ट्रेलिस फ्रेम च्यासिस, घुम्तिमा बाइकको गतिमा असर नपर्न फ्लेक्सको प्रयोग गरिएको छ ।

जसको परिणाम बाइकको गतिशीलतालाई त्यस वर्गमा पर्ने बाइकमध्ये राम्रो बनाउँछ । बाइकमा रिभर्स इन्काइन डीओएचसी इन्धन र एलसीओसी प्रविधिको समिश्रण पाइन्छ । यसको कम्प्याक्ट लेआउटले सही पावर टु वेट अनुपात र वजन केन्द्रीकरणमा मद्दत गर्दछ ।

टीभीएस अपाची आरआर ३१० निकै आकर्षक र स्पोर्टी डिजाइन देखिने गरी उत्पादन गरिएको छ । जसमा उत्कृष्ट कुशलता छ र चलाउँदा निकै आरामदायी बनाउँछ । मोटरसाइकल रेसिङ रेड र सिनिस्टर ब्ल्याक २ आकर्षक रङमा पाइने छ । कम्पनीले २ सय सीसीको ३ पांग्रे टीभीएस किङ्ग (पेट्रोल) पनि बेच्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्