११ असार २०८३, बिहीबार

पोप फ्रान्सीस अर्को वर्ष जापान जाने

भदौ २७, २०७५
पोप फ्रान्सीस अर्को वर्ष जापान जाने

भ्याटिकन सिटी- पोप फ्रान्सीसले आउँदो वर्ष आफू जापान जाने घोषणा बुधबार गर्नुभएको छ । 

झण्डै ४० वर्ष अघि जोन पावल द्वितीयपछि पहिलो पटक उहाँले सन् २०१९ मा जापानको भ्रमण गर्नुहुने भएको हो । 

“मैले तपाईहरुसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि म अर्को वर्ष जापान आउनेछु,” भ्याटिकनसिटीमा एउटा जापानीज टोलीसँगको भेटमा उहाँले भन्नुभयो । उहाँले आफ्नो यो चाहना पूरा हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । 

जापानी युवाहरुको सो टोलीले युवा र अनाथका लागि प्रशिक्षण कोष बनाउन सहयोग गर्न फ्रन्सीस जापान जान लाग्नुभएको बताइएको छ । 

उहाँले भन्नुभयो, “तपाईहरु धर्म, संस्कृति र अर्थतन्त्रका लागि सँगसँगै मिलेर काम गर्न सक्नुहुन्छ, त्यो विश्वव्यापी रुपमा मानवताका लागि शान्तिपूर्ण रुपमा हुनुपर्दछ ।” 

फ्रान्सीसले यसअघि फिलिपिन्स, सन् २०१४ मा श्रीलङ्का र त्यसपछि म्यान्मा तथा बङ्लादेशको भ्रमण गर्नुभएको थियो । जापानमा भने यसअघि पोप जोन पावल द्वितीयले सन् १९८१ मा भ्रमण गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्