११ असार २०८३, बिहीबार

पहिरोमा पुरिएर एकै परिवारका दुर्इ जनाकाे मृत्यु

पहिरोमा पुरिएर एकै परिवारका दुर्इ जनाकाे मृत्यु
सन्दर्भ तस्वीर

लमजुङ- मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । 

वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्