१८ असार २०८३, बिहीबार

स्पेनमा मनाइयो तीज, गरियो सामूहिक नाचगान

भदौ २८, २०७५
स्पेनमा मनाइयो तीज, गरियो सामूहिक नाचगान

दीपेन्द्र गजुरेल
म्याड्रिड, २८ भदौ - नेपाली नारीहरुको महान पर्व हरितालिका तिज स्पेनमा पनि धुमधाम साथ रमाईलो गरेर नेपाली संघ संस्थाहरुले मनाएका छन् । आईतबार प्रवासी नेपाली एकता मंञ्चले नेपाल बाहिर बसेका आफ्ना चेलीहरुलाई सामुहिक तिज कार्यक्रम बार्सिलोनामा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंञ्चले विगतका वर्षहरुमा पनि आफ्ना चेलीहरुलाई सामुहिक नाचगान र दर खुवाउदै आएको थियो । 

नेकपाको जनवर्गिय संगठन एकता पछि प्रवासी नेपाली मंञ्च र जनप्रगतिशिल मंञ्चको नाम परिर्वन भई प्रवासी नेपाली एकता मंञ्चको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको तिज कार्यक्रम संयोजक निर्मला तिवारी बताउछिन् । यसैगरी कास्की समाजले पनि नेपाली चेलीहरुलाई सामुहिक दर खुवाको समाजका अध्यक्ष तथा पुर्व प्रवासी नेपाली मंञ्च स्पेनका सल्लाहाकार समितिका अध्यक्ष्ँ केदार ढुङ्गानाले बताउनुभयो । यस्तै गैरआवासिय नेपाली संघ म्याड्रिडले पनि म्याड्रिबासी नेपाली चेलीहरुलाई सामुहिक रुपमा आपसमा आर्थिक रकम संकलन गरेर दर खुवाएको संघका अध्यक्ष्ँ उत्तर राईले बताउनुभयो ।

आजभोली युरोपमा विभिन्न संघ संस्थाहरुले आफ्ना चेलीहरुलाई र केहि विदेशीहरुलाई समेत नेपाली परम्पराको दर खाने कार्यक्रममा सहभागिता जनाउदा कार्यक्रमहरु उल्लाहसपुर्ण रुपमा रमाईलो हुने गरेको संस्थाका अध्यक्षहरु बताउछन् । गैरआवाशिय नेपाली संघ स्पेन भन्दा क्षेत्रिय समितिहरु र सामाजिक संस्थाहरुको सकारात्मक कार्यक्रमहरुले ब्यापक निरन्तरता पाईरहेको साथि संग मनका कुरा संम्योजक सोनु राउतले बताउनुभयो ।
 

गैरआवासिय नेपाली संघको तेतृत्वमा चिन्तामणि सापकोटाको आगमन पछि एनआरएनए संस्था प्रति नेपालीहरुको निरासा दिनप्रति दिन बढ्दो गतिमा रहेको नेपालीहरु बताउछन् । गत शुक्रबार गोर्खा बारपाक स्थाई घरभई स्पेनको विलबाउमा बस्दै आउनुभएका तुताराम घलेको ११ वर्ष साजन घलेको घरमै लडेर दुखद निधन भएको छ ।  

घलेको अन्तिम दाहसंस्कार तथा श्रद्धाञ्जली कार्यक्रममा समेत नेपालीका लागि नेपाली भनिको एनआरएनएको अध्यक्ष्ँको फोन तथा सान्तोना नपुगेको प्रति बिलबाउका नेपालीहरुले भने अध्यक्षको मनोमानी गुटबन्दीले एनआरएनए संस्थाको अध्यक्ष्ँ प्रति आक्रोश ब्यक्त गरका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्