काठमाडौं — जापानको तोयोसू शहरमा विश्वप्रसिद्ध सुकुजी बजार केही समयका लागि बन्द हुन लागेको छ । बजार बन्द गराएपछि अब सरकारले मुसाविरुद्ध युद्ध शुरू गर्ने भएको छ ।
यो ८३ वर्ष पुरानो संसारको सबभन्दा ठूलो माछाबजारमा हरेक दिन एक करोड ४० लाख येन कारोबार हुन्छ । त्यहाँ ४०० किसिमका सीफूड पाइन्छन् । बजारलाई पाँच दिनका लागि अन्यत्र सारिँदैछ र त्यसलाई नयाँ स्वरूप दिइँदैछ ।
बजार बन्द भएपछि त्यहाँ माछा काटेर बाँकी रहेको भाग खाने मुसा अन्तै जाने हुँदा वरपरका पसलका लागि खतरा हुने भएको छ । मुसाप्रतिरोधी अभियान सञ्चालन गर्ने एक सरकारी अधिकारीले भने, ‘मुसाले माछाको टुक्रा खान
नपाएपछि झुण्डै बनाएर अर्को ठाउँ जाने सम्भावना रहन्छ । अक्टोबर १० तारिखमा बजार बन्द गरिएपछि त्यसको एक हप्तासम्म मुसासँग लड्नुपर्ने हुन्छ ।’
त्यहाँबाट मुसा निस्केर अन्य घरमा नपसून् भनी टोकियोका अधिकारीहरू पाइप र नालीबाट बाहिर निस्कने बाटा बन्द गर्न अनि अरू ठाउँ छोप्न व्यस्त छन् ।
बजार भत्काउनुअघि त्यस ठाउँनजिक १० फीटको स्टीलको पर्खाल बनाइनेछ र मुसालाई पिँजडामा थुन्ने कोशिश गरिनेछ । मुसा पक्रिनका लागि ४० हजार पिँजडा राखिनेछ र तिनलाई मार्न ३०० किलो विष प्रयोग गरिनेछ ।
बजारवरिपरि रेस्टुराँ र बारका व्यवस्थापकलाई मुसाको रेड अलर्ट जारी गरिएको छ । एक रेस्टुराँ मालिकले यो स्थिति एकदमै डरलाग्दो भएको बताएका छन् ।
एजेन्सी