०५ साउन २०८३, मंगलबार

तीन विदेशी खेलाडी ब्रिगेड ब्वाइज फुटबल क्लबमा अनुबन्धित

तीन विदेशी खेलाडी ब्रिगेड ब्वाइज फुटबल क्लबमा अनुबन्धित

काठमाडौँ-  चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिनुभयो ।

कजिम एन्टी जी र टी जी स्ट्राइकरको रूपमा तथा करिमले मिड फिल्डबाट खेल्नेछन् । लिगका लागि क्लबले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने छन् जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् । लिग आगामी असोज १४ देखि शुरु हने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी गराइसकेको छ ।

करीब चार वर्ष अवरुद्ध भएको ‘ए’ डिभिजन लिग असोज १४ गतेदेखि शुरु हुँदैछ । ब्रिगेड ब्वाइज २०७५ को यु १८ ललित स्मृति कप विजेता टोली हो । कर्मा छिरिङ शेर्पाले नेतृत्व सम्हालेपछि एन्फाले यसै वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । एन्फाले लिग सञ्चालन गर्न पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटीसमेत गठन गरिसकेको छ । 

लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्नेछन् जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब छन् । 

salt training

कमेन्ट गर्नुहोस्