०६ असार २०८३, शनिबार

नालीमा डुबेर पुजारीकाे मृत्यु

नालीमा डुबेर पुजारीकाे मृत्यु

झापा– झापाको गौरीगन्ज गाउँपालिका-२ स्थित बाधगाउँमा एक  पुजारीको नालीमा डुवेर मृत्यु भएको छ ।

झापा शिवसताक्षी नगरपालिका-४ घर भई गौरीगंज गाउँपालिका-२  बगाह चौधरीमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै अाइरहेका ६० बर्षीय देवीप्रसाद ताजपुरीयाको मृत्यु भएकाे हो ।

ताजपुरीया बिहान पुजापाठ गरेर कुटीबाट कोरोबारीतर्फ जाने क्रममा सडकको नालीमा जमेको पानीमा डुबेका जनाइएकाे छ । ताजपुरीयालार्इ डुबेको अवस्थामा देखेर स्थानीयले प्रहरीमा खबर गरेका थिए ।  

पुजारीकाे शव पोष्टमार्टमको लागि दमक स्थित आम्दा अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ ।

कमेन्ट गर्नुहोस्