२१ जेठ २०८३, बिहीबार

त्रिशूलीमा हाम फालेर बेपत्ता

भदौ २८, २०७५
त्रिशूलीमा हाम फालेर बेपत्ता

चितवन- त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् । 

बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडाँै बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । 

इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेशन नजिकबाट बराल त्रिशूलीमा हाम फालेकी हुन् । तीन वर्षीय छोरा हार्दिक पौडेललाई केबुलकार रेष्टुरेण्टमा छाडेर त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ । बेपत्ता बरालको खोजी कार्य भइरहेकोे छ । 

salt training

कमेन्ट गर्नुहोस्