२४ जेठ २०८३, आइतबार

माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको अाधा काम सकियो

माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको अाधा काम सकियो
सन्दर्भ तस्वीर

तेह्रथुम–साढे सात मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ शुरु भएको माथिल्लो खोरुंगा खोला साना जलविद्युत आयोजनाको काम ५० प्रतिशत सकिएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको आयोजनाको काममा हालसम्म इन्टेक, पाइपलाइन एक्जाबेसन, पानी ट्यांकी सोलिङ, कनेक्टिीङ प्यानल र पावर हाउसका लागि भवन निर्माण भइसकेको छ ।

एक अर्ब ३७ करोड रुपैयाँको लगानीमा निर्माण शुरु भएको जलविद्युत् आयोजनामा माछापुच्छ्रे , एनबी  र जनता बैंकले १ अर्ब रुपैयाँ लगानी गरेका छन् । बाँकी ३७ करोडमा स्थानीयले १०, सर्वसाधारणले २०  र प्रमोटरले ७० प्रतिशत लगानी गरेका छन् । कामको जिम्मा लिएका धौलागिरी र खड्का कृष्ण जेबी कन्ट्रक्सनले आयोजना निर्माणको काम गरिरहेका छन् । 

आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरण बीच हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । २०७६ पुष १ गते सम्ममा निर्माण कार्य सक्ने सम्झौता भएपनि ६ महिना अगाडी नै आयोजनाको काम सक्ने तयारी रहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन डाँगीले बताए । 

जिल्लाबासीको लगानीमा बन्ने उक्त आयोजनाको काम शुरु भएसँगै स्थानीयले समेत रोजगारी पाएका छन् । अहिले यस आयोजनामा ३ सय बढी मजदुरहरुले काम गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्