१६ असार २०८३, मंगलबार

तरकारी व्यापारी महिला नहरमा मृत फेला

तरकारी व्यापारी महिला नहरमा मृत फेला

कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिका– २ महुलिया नजिकै नहरमा महिलाको शव फेला परेको छ । दैलेखको भूर्ति घर भएकी अन्दाजी ४५ वर्षकी आइती सार्की शनिबार बिहान मृत अवस्थामा परेकी हुन् । 

स्थानीयले नहरमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी तरकारी व्यापारी रहेको प्रहरी जनाएको छ । पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्