
चीनकी सबैभन्दा महँगी हिरोइन दुई महिनादेखि बेपत्ता भएको विषय चीनमा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
हलिउडको एक्सन सिरिज ‘एक्स म्यान’ अभिनेत्री फान बिङ बिङ पछिल्लो दुई महिनादेखि हराएकी हुन् । अभिनेत्री फानले आफ्नो सोसल एकाउन्टमा अन्तिमपटक जुलाई २०१८ मा स्टाटस पोस्ट गरेकी थिइन् ।
फान बिङ बिङ चीनकी सबैभन्दा महँगी अभिनेत्री हुन् । चिनियाँ मिडियाका अनुसार अभिनेत्रीले केही नयाँ व्यापार गर्नका लागि बैंकबाट ऋण लिएकी थिइन् । समयमा ऋण चुक्ता गर्न नसकेका कारण उनी गिरफ्तारमा परेको हुन सक्ने आशंका पनि गरिएको छ ।
फान बिङ बिङले ‘एक्स म्यान’बाहेक केही ठूला फिल्ममा पनि काम गरेकी छिन् । सबै फिल्मबाट उनले दर्शकको राम्रो प्रशंसा पाएकी थिइन् ।