२६ जेठ २०८३, मंगलबार

निर्मला हत्याकाण्ड : सीआईडीका प्रमुखले प्रहरीमाथि अनुसन्धान गर्ने

निर्मला हत्याकाण्ड : सीआईडीका प्रमुखले प्रहरीमाथि अनुसन्धान गर्ने

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको प्रारम्भिक अनुसन्धान गरेका प्रहरीमाथिको अनुसन्धानको दायर थप फराकिलो बनाइएको छ । 

भदौ १४ गते प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीको नेतृत्वमा गठन भएको समितिको नेतृत्व अब प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरु बस्न्यातले गर्ने भएका छन् । प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका बस्न्यात प्रहरीको अपराध अनुसन्धान विभाग (सीआईडी)का प्रमुख हुन् । 

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार निर्मला पन्तको अनुसन्धान प्रक्ररणमा संलग्न रहेका सबै प्रहरी अधिकारीको भूमिकामाथि अनुसन्धान गर्न समितिलाई जिम्मेवारी तोकिएको छ । 

समितिले प्रहरी अधिकारीको भूमिकाका विषयमा अनुसन्धान गरेर प्रहरी महानिरीक्षक र गृहमन्त्रीलाई प्रतिवेदन बुझाउने छ । 

यसअघि एसएसपी सुवेदी नेतृत्वमा रहँदा समितिले गृह मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो । समितिले बुझाएकै प्रतिवेदनका आधारमा शनिवार मात्रै गृह मन्त्रालयल ५ जना प्रहरी अधिकारीलाई निलम्बन गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्