२६ जेठ २०८३, मंगलबार

एनआइबिलद्वारा १३ वटा ह्विल चेयर हस्तान्तरण

एनआइबिलद्वारा १३ वटा ह्विल चेयर हस्तान्तरण

काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि ह्विल चियर वितरण गरेको छ ।


काभ्रेको सांगास्थित स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले स्पाइन इन्जुरी संघ नेपालले आयोजना गरेको विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटा ह्विल चियर हस्तान्तरण गरे । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघसस्था तथा देशका विभिन्न कला, सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ । 


व्हील चियर हस्तान्तरणपछि नायव–महाप्रबन्धक सिजापतिले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि नेपाल इन्भेष्टमेण्टबैंक सदैब तयार रहेको उल्लेख गरे । कार्याक्रममा स्पाइनल इन्जुरी पुर्नस्थापना केन्दका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भइ अपांग हुन पुगेका व्यक्तिहरुमध्ये ९५ प्रतिशत आफै हिड्डुल गर्न असक्षम भएको बताउदै वार्षिक रुपमा आवश्यक पर्ने ३०० वटा व्हील चियर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थावाट प्राप्त सहयोगबाट पूरा गर्ने कोसिस गरिरहेका बताए ।


आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को हाल ७७ वटा शाखा तथा १०२वटा एटिएम छन भने सात वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्