
काठमाडौं– विश्व अटोमोबाइल सङ्गठन ‘फेडेरेशन इन्टरनेशनल अटोमोबाइल्स (एफआईए)’को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरु हुँदैछ । नेपाल अटोमोबाइल एशोसिएशन (नासा)ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाहेक करीब २५ देशका ४० जना र नेपालका २० जना अटोमोबाइलसँग सम्बन्धित व्यक्तित्व गरी ६० जनाको उपस्थिति हुने जानकारी दिएको छ ।
सम्मेलनको उद्घाटन सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाशेठले र समापन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गर्ने बताइएको भएको छ । उक्त सम्मेलनमा विभिन्न अटोमोबाइलसँग सम्बन्धित सङ्घसङ्स्थाहरुले आ–आफ्ना विभिन्न प्रकारका प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।
सम्मेलनले विश्वमा रहेका अटोमोबाइल क्षेत्रको विकासलाई मात्र नसमेटी नेपालको पर्यटन विकासलाई समेत उच्च प्रथामिकता दिई अघि बढ्ने एशोसिएशनका अध्यक्ष दशरथ रिसालले बताए ।