
काठमाडौं – बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले दशैंको अवसरमा ग्राहकका लागि विभिन्न अफर ल्याएको छ ।
विगत २५ वर्षदेखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानको विश्व बिख्यात ब्राण्ड कोहलर, पोर्सेलोनासा, सीआरडब्ल्यू, हिन्डवेयर, लक्सिकोन, सुप्रिम, सोमानी लगायतका आधिकारिक वितरक भई नेपालमा सामग्री उपलब्ध गराउँदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एण्ड बी मल्टिनेसनलले नजिकिँदै गरेको दशैंको पावन अवसर पारेर आफ्ना ग्राहकलाई विभिन्न अफर ल्याएको छ ।
जसअन्तर्गत २५ हजार ९ सय ९९ रुपैयाँमा कम्बोट सेट, बाई वान गेट वान अफर, स्क्र्याच कार्ड, क्यास ब्याक अफर र ग्राहकको आवश्यकतालाई ध्यानमा राखी वान सप वान स्टप भन्ने नारासहित इन्टरप्राइजेजले काठमाडौंको नयाँ वानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आउटलेट राखेको छ ।