काठमाडौं — भारतमा पेट्रोल र डीजेलको लगातार मूल्यवृद्धि भइरहेको छ ।
तमिलनाडुमा पाँचजना साथीले आफ्नो साथीको बिहेमा महंगो उपहार खोज्ने क्रममा पेट्रोल दिने निर्णय गरे । उनीहरूले साथीलाई पाँच लिटर पेट्रोल दिए ।
तमिल टीभी च्यानल पुथिया तलाईमुरईका अनुसार, कुड्डुलुरमा एक विवाह समारोहका बmोमा नवदम्पतीले पाहुनाहरूको अभिवादन गरिरहँदा दुलाहाका साथी पाँच लिटर पेट्रोलको भाँडो लिएर पुगे । सबैजना गलल्ल हाँसे र
दुलाहाले साथीको यो उपहार स्वीकार गरे ।
तमिलनाडुमा पेट्रोलको भाउ अहिले ८५.१५ भारु प्रतिलिटर छ । साथीहरूले यति महंगो पेट्रोल उपहार दिनु ठीक हुने ठाने ।
एजेन्सी