२३ जेठ २०८३, शनिबार

म्यान्मारको जेलबाट भागे दर्जनौं कैदी

म्यान्मारको जेलबाट भागे दर्जनौं कैदी

काठमाडौं — म्यान्मारको एक जेलबाट आइतवार दर्जनौं कैदी भागेका छन् । जेलमा कैदीहरूले डेलिभरी ट्रक कब्जामा लिए । अनि त्यही ट्रक लिएर ४० भन्दा बढी कैदी गेट फुटाएर भागे । 

म्यान्मार प्रहरी कैदीको खोजी गरिरहेका छन् । फरार भएका कैदीमध्ये तीनजनालाई पक्राउ गरिएको छ । 

घटना आइतवार बिहान पूर्वी कारेन राज्य हपाअन जेलमा भएको थियो । कैदीहरूले जेलमा उपस्थित एक जेल अधिकारीमाथि आक्रमण गरे र ट्रक लिएर जेलबाट भागे । 

खिन थेट मार नेका अनुसार ट्रक निर्माण कार्यका लागि बालुवा र ढुंगा लिएर गएको हुनुपर्छ । खिन थेट मारले स्थानीय मानिसहरूसँग आफ्नो गाउँमा अपरिचित व्यक्ति देखिएमा तुरुन्तै अधिकारीहरूलाई खबर गर्न भनेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्