२२ जेठ २०८३, शुक्रबार

उबर कार चालक झ्याप भएपछि यात्रुले आफैं हाँके गाडी

उबर कार चालक झ्याप भएपछि यात्रुले आफैं हाँके गाडी

काठमाडौं — भारतको बेंगलुरुमा उबर कार ड्राइभर नशामा मग्न भएकाले यात्रु आफैंले गाडी चलाएर गन्तव्यमा पुग्नुपरेको छ । सूर्य ओरुगन्ती नामक व्यक्तिले ट्वीट गरेर घटनाको जानकारी दिए । 

बेंगलुरु विमानस्थलबाट घर जाँदा ड्राइभर रक्सीको नशामा झुम्म भएर उँघिरहेकाले सूर्या आफैंले कार चलाउने निर्णय गरे । 

सूर्याले ट्विटरमा एक फोटो र भिडियो पोस्ट गरे जसमा ड्राइभर छेउको सीटमा सुतिरहेको देखिन्छ । 

उबरले ८४५ भारु भाडा लिएको सूर्या बताउँछन् । तर ड्राइभर बिलको रेकर्ड राख्न समेत नसक्ने हालतमा रहेको सूर्याको भनाइ छ । 

सूर्याले लेखेअनुसार, उबर टीमले २० घन्टापछि उनलाई सम्पर्क ग–यो र उनले ड्राइभिङ गर्नु हुँदैनथियो भन्यो । उबरका एक प्रवक्ताले ड्राइभरको प्रोफाइल एपबाट हटाएको र घटनाका अनुसन्धान भइरहेको बतायो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्