
सुर्खेत– आमाबुवा गुमाएर बेसाहारा बनेकी सल्यान बागचौर नगरपालिका ४ सेतोगुराँसकी ८ बर्षिया सुनिता बिकलाई सुर्खेत ल्याइएकाे छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा उनलाई सुर्खेत ल्याइएको हो । सोमवार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, जिल्ला बाल कल्याण समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, बागचौर नगरपालिका ४ का वडाअध्यक्ष प्रेम बहादुर पुन, सुनिताका मामा कृष्ण बहादुर बिक, पत्रकार लगाएत सरोकारवालाहरुको रोहबरमा उनलाई सुर्खेत ल्याइएको हो ।
सुनिताले २०६४ सालमा स्थापना भएको कोपिला भ्याली सेवा समाज सुर्खेतद्वारा सञ्चालित कोपिला भ्याली स्कुलमा पढ्न पाउने भएकी छन् । उनलाई कोपिला भ्याली स्कुलमा खाने, बस्ने, पढ्ने व्यवस्था गरिएको छ । उनलाई १२ कक्षा सम्म निशुल्क पढ्ने व्यवस्था गरिएको हाे ।
१८ बर्षको उमेरसम्म उनलाई सबै कुरा नि:शुल्क उपलब्ध गराइने समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए ।