२२ जेठ २०८३, शुक्रबार

तपस्वी बम्जनमाथि लागेको आरोपबारे बोल्यो बोधी श्रवण धर्म संघ

तपस्वी बम्जनमाथि लागेको आरोपबारे बोल्यो बोधी श्रवण धर्म संघ

काठमाडौं– बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार  भएको बोधी श्रवण धर्म संघले दाबी गरेको छ । 

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघका सह–सचिव केवल लामाले आरोपको कुनै सत्यता नरहेको बताए । 
उनले पत्रकार सम्मेलनका क्रममा उपलब्ध गराएको विज्ञप्तीमा भनिएको छ,‘बोधी श्रवण धर्म संघ गुरुज्यूमाथि एकजना आनी धर्मशीलपालना गर्न आपूmलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई हतियार बनाएर जुन बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ, त्यो सत्प्रतिशत कपोलकल्पित, झुटो र महान गुरुज्यूबाट कल्पनासम्म नहुने विषय भएकोले बोधी श्रवण धर्म संघ केन्द्रीय कार्यालय त्यस कुकृत्यको भत्र्सना र खण्डन गर्दछ ।’

संघका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको बताउँदै उनले कपोकल्पित र झुठो आरोपको सरकारले खोजबिन गर्नुपर्ने बताए । उनले भने,‘गुरुमाथि लागेको आरोपको सरकारले छानबिन गर्नुपर्छ । जसले जे आरोप लगाएपनि सत्यको जित हुन्छ ।’

उनले मानव अधिकारको नाममा गुरुमाथि यस्तो आरोप लगाएर अमानवीय काम गरिएको आरोप पनि लगाए  ।  

संघले आफूहरु संविधानको पालना गर्न दृढ रहेको स्पष्ट पारेका छ । 


 

salt training

कमेन्ट गर्नुहोस्