०४ असार २०८३, बिहीबार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बेशीशहर– मोटरसाइकल दुर्घटनामा परी सुन्दरबजार नगरपालिका–७ कुमालटारका प्रदीप मिश्रको मृत्यु भएको छ । 

मापसे सेवन गरी मोटरसाइकल चलाउँदा सुन्दरबजार नगरपालिका–९ पैरेमा शनिबार दुर्घटना हुँदा गम्भीर घाईते भएका उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको आफन्तले जनाएको छ । 

मिश्रले चलाएको बा७४प २०१४ नंको मोटरसाइकल इलाका प्रहरी कार्यालय भोटेओडारमा राखिएको सो कार्यालयले जनाएको छ । 

यस्तै बेशीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । 

उदिपुरबाट सुन्दरबजार–९ भोटेओडारतर्फ जाँदै गरेको ग१३प ९००३ नंको स्कुटरले पैदल यात्रु ५२ वर्षीया लक्ष्मी तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट तामाङको टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला सामुदायिक अस्पताल बेशीशहरमा उनको आज विहान मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

ठक्कर दिने स्कुटर र त्यसका चालक गोरखा पालुङटार नगरपालिका–४ का १९ वर्षीय विजय भुजेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्