१० असार २०८३, बुधबार

विद्युत् गृहको कुला बगाउँदा २ सय घर अन्धकारमा

विद्युत् गृहको कुला बगाउँदा २ सय घर अन्धकारमा
फाइल तस्बिर

भोजपुर– पहिरोले विद्युत् गृहको कुलो बगाउँदा दुई सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । 

भोजपुरको दक्षिणी भेगमा रहेका हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलाको २६ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा गाउँ नै अन्धकार बनेको हो । 

गत भदौं २९ गतेको अविरल वर्षाका कारण आएको पहिरोले करीब ५० मिटर कुलो बगाएको स्थानीयवासीको भनाइ छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घोडेटारको प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पहिरोमा कुनै पनि मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्