
काठमाडौं–बालुवा तस्करीमा सेटिङ मिलाइदिने भन्दै व्यवसायीसँग घुसलिने कार्यमा संलग्न रहेको अभियोगमा अख्तियारले थप एक जुनियर प्रहरी अफिसरलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग, सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायव निरीक्षक ज्योती बिष्ट रहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
यसअघि अख्तियारले शनिबार महानगरीय प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरमा कार्यरत ९ प्रहरीलाई नियन्त्रणमा लिएको थियो ।