०५ असार २०८३, शुक्रबार

तपाईंको मोबाइल तात्छ ? यी हुन् चिसो पार्ने पाँच उपाय

तपाईंको मोबाइल तात्छ ? यी हुन् चिसो पार्ने पाँच उपाय

तपाईंको स्मार्टफोन(मोबाइल) कहिलेकाँहि तात्छ होला, यस्तो त्यतिबेला हुनस्कछ जतिबेला तलाईले यस्तो अपेक्षा गर्नुभएको हुँदैन । 

यस्तोमा तपाई के गर्नुहुन्छ ? आफ्नो फोन खल्तीबाट निकाल्नुहुन्छ.....कानबाट हटाउनुहुन्छ । तपाई आफूलाई फोन बाट टाँढा राख्नुहुन्छ किनकी यो तातिरहेको हुन्छ । 

यस्तो पनि भएको हुनसक्छ कि तपाईले भरखर फोन हातमा लिनुभयो र विना कुनै कारण यो अचानक तात्न थाल्यो या फेरि स्लो हुनेछ । 

मोबाइल फोन तात्नु वा  तातो हुनु एक सामान्य कुरा हो । तर यसको कुनै कारण हुन सक्छ । 

यसमध्ये एक कारण हार्डवेयर हुनसक्छ । त्यही हार्डवेयर जसका कारण तपाईको स्मार्ट फोन तात्छ । दोस्रा कारण तपाईको डिभाइस बाहिरको हो । 

हामी तपाईलाई यस्तै सामान्य कुरा बताउँछौं

स्मार्टफोन तात्नुका कारण धेरै प्रयोग हो । जस्तै तपाईको फोन कुनै बाहिरी वस्तुसँग जोडिएको छ भने समस्या उत्पन्न हुनजान्छ । जस्तो स्पीकर, वाइफाइ सिग्नल आदीसँग लामोसमय जोडिएको छ भने । 
लामो समय स्मार्ट फोनमा गेम खेल्दा पनि तात्छ । लगातार तस्वीर लिँदा र भिडियो खिच्दा पनि फोन तात्छ । 

दोस्रो कारणमा तपाईको स्मार्ट फोन जिम्मेवार हुँदैन

तपाईले आफ्नो मोबाइललाई कहिलेकाही तातोमा या चिसोमा राख्ने गर्नु भएको छ । 

तपाईको फोन स्मार्ट जरुर छ तर यो धेरै चिसो र तातोका लागि तयार हुँदैन । 

मोबाइल तात्यो भने कहिलेकाँही पंखाको मद्दतबाट यसलाई सितलता प्रदान गर्न सकिन्छ तर धेरै चिसो फ्रिजमा राख्नु हानिकारक हुन जान्छ । 

भाइरस

तपाईको फोनमा कुनै यस्तो एप इन्स्टल भएको हुन सक्छ जो वास्तविकतामा कुनै भाइरसको अड्डा हो । 

सारा ऐप डेभलपर्सको रुची तपाईको फोनमा भन्दा पनि उसको डेटामा रहेको हुन्छ । 

यसबाट बच्नकालागि कुनै स्रोत नखुलेको एप कहिल्यै पनि डाउनलोड नर्गुहोस् । 

तपाईले यसका लागि सेटिङमा गएर अननोन सोर्सेजमा आउने वाला एपलाई डाउनलोड गर्ने फिचरलाई सदाको लागि बन्द गर्न सक्नु हुन्छ । 

फोनको कभर

तपाईले फोनको सुरक्षाका लागि कभर प्रयोग गर्ने गर्नुभएको होला । तर कहिलेकाही कभरका कारण पनि फोनमा समस्या उत्पन्न हुन सक्छ । यसले फोन तात्ने लगायतका समस्या उत्पन्न हुने खतरामा बृद्धि हुन्छ । 

यदी मोबाइल तातेको बेलामा तपाईले खोल हटाएर जाँच गर्नुभयो र त्यो खोल हटाँउदा मोबाइल चिसो हुन गयो भने मोबाइलमा कभर नराख्दा नै उचित हुन्छ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्