०५ असार २०८३, शुक्रबार

मोबाइल फोनमा झुण्डिरहने आमाबुवाविरुद्ध बालबालिकाले निकाले र्‍याली

मोबाइल फोनमा झुण्डिरहने आमाबुवाविरुद्ध बालबालिकाले निकाले र्‍याली

काठमाडौं — आजकलका मानिस एकअर्कासँग कुराकानी गर्नुको साटो फोनमा झुण्डिरहेका भेटिन्छन् । फोनको धेर प्रयोग गरेका कारण कतै आमाबुवा हैरान छन् भने कतै बालबालिका । 

जर्मनीको ह्याम्बर्गमा बालबालिकाले सडकमै प्रदर्शन गरेका छन् । आमाबुवालाई स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने बानी परेको भनी चिन्तित भएर बालबालिकाले विरोध गरेका हुन् । 

बच्चाहरूले हातमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए र नारा लगाएका पनि थिए । ‘हामी यहाँ आएर नारा लगाइरहेका छौं किनकि तपाईंहरू फोनमा व्यस्त हुनुहुन्छ,’ यस्तो नारासहितको प्लेकार्ड देखिएका थिए । 

स्थानीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै बालबालिकाले विरोध प्रदर्शनपछि आमाबुवाले फोनमा कम समय बर्बाद गर्ने आशा गरेको बताए । 

बालबालिकाले भने, ‘उहाँहरू फोनमा खेल्नु साटो हामीहरूसँग खेल्नुहुनेछ । हामी सबैले मातापितालाई यही सन्देश दिएका हौं ।’

विशेषज्ञहरूका अनुसार, स्मार्टफोनको प्रयोगले मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ । धेर प्रयोग गर्ने मानिस बच्चामाथि अनावश्यक क्रोध देखाउँछ जसले गर्दा उनीहरूमाथि गलत असर पर्छ ।’

यो ठूलो समस्याका रूपमा रहेको छ । 

एक पिताले भने, ‘बच्चाहरू आफूलाई आमाबुवाले ध्यान दिऊन् भन्ने चाहन्छन् तर उनीहरूको ध्यान स्मार्टफोनमै हुन्छ । त्यसमा झुण्डिँदा उनीहरू बच्चालाई गाली गर्छन् र पिट्छन् पनि ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्