१५ असार २०८३, सोमबार

अन्तर्राष्ट्रिय फौजदारी अदालतले म्यान्मारमाथि अनुसन्धान गर्ने

अन्तर्राष्ट्रिय फौजदारी अदालतले म्यान्मारमाथि अनुसन्धान गर्ने

काठमाडौं — अन्तर्राष्ट्रिय फौजदारी अदालतकी प्रमुख अभियोजकले म्यान्मारबाट बंगलादेश लखेटिएका हजारौं रोहिंग्या मुसलमानका विषयमा प्रारम्भिक अनुसन्धान थालनी गर्ने घोषणा गरेकी छन् । 

फातु बेन्सुदाले मंगलवार एक लिखित वक्तव्य र भिडियो सन्देश पठाउँदै प्रारम्भिक सोधपुछ शुरू गरेको र पूर्ण अनुसन्धानका लागि पर्याप्त प्रमाण रहे नरहेको स्थापित गर्न खोजेको बताएकी छन् । 

बेन्सुदाले ‘आधारभूत अधिकारबाट वञ्चित गरिएको, हत्या, यौनहिंसा, जबर्जस्ती बेपत्ता, विनाश र लुटपाट जस्ता कुकार्य गरिएका कारण रोहिंग्याहरूले थातथलो छोडेर हिँड्नुपरेको’ विषयमा प्रतिवेदनहरू आफूले अध्ययन गर्ने बेन्सुदाले भनिन् । 

म्यान्मार सैनिकमाथि बलात्कार, हत्या, यातना र रोहिंग्या गाउँ जलाउने काम लगायतका व्यापक मानवअधिकार उल्लंघनको आरोप लागेको छ । त्यसले गर्दा सात लाख रोहिंग्याहरू छिमेकी मुलुक बंगलादेशतर्फ पलायन हुन बाध्य भएका थिए । 

म्यान्मार फौजदारी अदालतको सदस्य नभएपनि अदालतका न्यायाधीशहरूले उनलाई रोहिंग्या लखेटिएको विषयमा अनुसन्धान गर्न अधिकार दिएको दुई हप्तापछि बेन्सुदाको घोषणा आएको हो । 

न्यायाधीशहरूले ऐतिहासिक रुलिङ गर्दै रोहिंग्यालाई देशनिकाला गरिएको भनिएको अपराध बंगलादेशको भूमिमा भएको र बंगलादेश फौजदारी अदालतको सदस्य भएको त्यसैले बेन्सुदासँग क्षेत्राधिकार रहेको न्यायाधीशहरूको
भनाइ छ । उनीहरूले उचित समयभित्र प्रारम्भिक परीक्षण ससिध्याउन उनलाई आग्रह गरेका छन् ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्