
इस्लामावाद– अदालतको आदेशपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ उनका छोरी तथा ज्वाई जेलबाट रिहा भएका छन् ।
सरिफ, उहाँकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि बुधबार अबेर उनीहरु अलियाला जेलबाट रिहा भएका हुन् । उनीहरु रिहा उहाँ हजारौं समर्थक जेल परिसर खुसीयाली मनाउन पुगेका थिए ।
भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरुलाई अदालतको अन्तिम टुङ्गो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले जानकारी दिए ।
उनलाई गत जुलाईमा स्वदेश फर्किनेबित्तिकै पक्राउ गरिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा उनी बेलायतबाट स्वदेश फर्किएका थिए । सरीफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतले रिहा गरेको हा।
भ्रष्टाचार विरुद्धको एउटा अदालतले पानामा पेपर प्रकरणमा दोषी ठहर गरी नवाजलाई १० वर्ष र मार्यमलाई सात वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी मुद्दामा नसघाएको भन्दै सरिफका ज्वाइँ सफ्दरलाई एक वर्ष जेल सजाय सुनाइएको थियो ।