०९ असार २०८३, मंगलबार

स्कूल गेटमै हेडसरलाई गोली हानेर प्रहरीकै सामुन्नेबाट भारततिर भागे हत्यारा

स्कूल गेटमै हेडसरलाई गोली हानेर प्रहरीकै सामुन्नेबाट भारततिर भागे हत्यारा

सुनसरी – सुनसरीमा मदरसा सञ्चालक मौलाना खुर्सिद आलमको गोली हानी हत्या भएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा रहेको रैयन पब्लिक स्कूलको गेटमा नै प्रधानाध्यापक (हेडसर) आलमलाई गोली प्रहार भएको स्थानीयले बताएका छन् । घुस्कीका स्थानीय व्यापारी ईशा अन्सारीले लोकान्तरलाई टेलिफोनमा भने, ‘आलमलाई गोली हानेर भागेका उनीहरूलाई हामी समेतले थाहा पाएर घुस्कीमा रोक्न खोज्दा प्रहरीलाई नै गोली हानेको थियो ।’ 

भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकलमा आएको समूहले खुर्सिदलाई गोली हानी भागेका थिए । गोली हानेको थाहा पाएका स्थानीय तथा प्रहरीले हत्यामा संलग्नलाई रोक्न सुनसरीको घुस्की नाकामा पुगेपनि प्रहरीले रोक्ने क्रममा प्रहरी जवान शिवकुमार पौडेललाई खुट्टामा गोली हानेर उनीहरू भागेको ईशा अन्सारीले बताए । स्थानीय सहती प्रहरीको टोली अभियुक्तलाई पछ्याउँदै सिमावर्ती क्षेत्रमा पुगेपनि उनीहरू भागेको उनले बताए ।

घाइते पौडेललाई उपचारको लागि ईनरुवा पुगेर फर्किएका अन्सारीले भने, ‘हत्याको विरोधमा अहिले स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।’ जिल्लास्थित प्रहरी कार्यालयको टोलीसहित घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारी सहितको टोली भुटाहा पुगेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्