०९ असार २०८३, मंगलबार

किम जोङ उनविरोधी पर्चा भेटिएपछि उत्तर कोरिया सतर्क

कात्तिक २०, २०७४
किम जोङ उनविरोधी पर्चा भेटिएपछि उत्तर कोरिया सतर्क
काठमाडौं, २९ मंसिर — किम जोङ उनको लोकप्रियता घट्दै गएकाले उत्तर कोरियामा अस्थिरता आउन थालेको त्यहाँका स्रोतले जनाएका छन् ।


त्यो देशको याङगाङ प्रान्तमा रहेका एक स्रोतका अनुसार किमविरोधी पर्चा भेटिएपछि मानिसहरूको हिँडडुलमा प्रतिबन्ध लगाइएको छ ।

पर्चामा ‘किम जोङ उनलाई अपदस्थ गरौं’ भनी लेखिएको स्रोतले बतायो ।

उत्तर कोरियाको आधिकारिक रेकर्डका अनुसार त्यस देशका संस्थापक किम इल सुङले ‘जापानलाई फ्याँकौं’ भन्दै जापानविरोधी सशस्त्र संघर्ष सन् १९३७ मा थालेका थिए । उनले यो घोषणा पोचोन्बो शहरमा गरेका थिए र अहिले किमविरोधी पर्चा पनि त्यहीँ छरिएको पाइयो ।

नाराले मूल भनाईलाई उडाएको जस्तो देखिन्छ ।

यस विषयमा खोज गर्न उत्तर कोरियाले अनुसन्धानकर्ताहरू टोलीलाई खटाएको छ ।

अर्को स्रोतका अनुसार चोङजिन शहरको एक घरको भित्तामा ग्राफिटी कोरिएको थियो जसमा ‘जनताको शत्रु किम जोङ उनलाई सजाय देऊ’ लेखिएको थियो ।

यसैबीच उत्तर कोरियाबाट भागेका मान्छेले किम इल सुङ र किम जोङ उनका मूर्तिमाथि आक्रमण गर्न ड्रोन प्रयोग गरेको सरकारी मिडिया उरीमिनजोक्कोरीले बुधवार बताएको छ ।

चीनको सिमानाबाट यी ड्रोनहरू उत्तर कोरियातर्फ पठाइएको र तिनले देशका सर्वोच्च नेताको मूर्तिमा आक्रमण गरेको उत्तर कोरियाले बतायो ।

‘हामीलाई चुनौती दिनेहरू कदापि बाँच्न सक्दैनन्,’ प्योङयाङले चुनौती दियो । आक्रमणकारीहरूलाई महाभियोग लागेकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन ह्येबाट आर्थिक सहायता प्राप्त भएको पनि उत्तर कोरियाले दाबी गरेको छ ।

युपीआई

salt training

कमेन्ट गर्नुहोस्