काठमाडौं, २९ मंसिर–सरकारले आज प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको विवरणमा उपप्रधानमन्त्री कृष्णबहादुर महराको २ तले घर र एक गोठ रहेको छ । रोल्पा लिवाङ ८ मा रहेको घर दुई तले र गोठ रहेको उल्ल्ेख गरेका छन् ।
उक्त घर पनि स्थानीय सहकारीले लिएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उपप्रधानमन्त्री महराको एभरेष्ट बैंकमा ८० हजार नगद मौजाद भएको उल्लेख गरेका छन् ।