०५ असार २०८३, शुक्रबार

चक्कु प्रहारबाट महिला गम्भीर घाइते

चक्कु प्रहारबाट महिला गम्भीर घाइते
सन्दर्भ तस्वीर

नवलपरासी-  नवलपरासीको कावासोती नगरपालिका–१६ हर्वासीका ३० वर्षीया बसन्ती परियार चक्कु प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँलाई सोही ठाउँ बस्ने ३७ वर्षीय बिमल सिर्पालीले गए राति चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट उनको छाती र अनुहारमा चोट लागेको छ । घाइते परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने सिर्पालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्