फागुन १०, २०७५
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
असोज ९, २०७५
काठमाडौं – नेपालीहरूको महान पर्व दशैं नजिकिँदै गर्दा बजारमा कालोबजारी तथा मनोमानी मूल्यवृद्धि शुरू भएको छ । दशैं र तिहारका लागि किनमेल गर्न बजारमा चहलपहल बढ्न थालेसँगै दैनिक उपभोग्य वस्तुमा जथाभावी मूल्य निर्धारण गरेर मनोमानी देखिन थालेको उपभोक्ताको गुनासो छ ।
सरकारले निरन्तर अनुगमन गरिरहेपनि ठूलाठूला कर्पोरेट हाउसले गर्दै आएको गुणस्तरमा ठगी, भ्रामक प्रचार गरेर अत्यधिक मुनाफा असुल्ने प्रवृत्ति, खाद्यान्न र पेयजन्य पदार्थमा मिसावट तथा नियमभन्दा बढी मुनाफा लिनेलाई हालसम्म कारवाही गर्न नसकेको उपभोक्ता अधिकारवादीहरूको गुनासो छ ।
यता सरकार भने नियमित अनुगमन भएपनि कारवाहीका लागि प्रयाप्त कानूनी आधार नभएको बताउँछ । बजार व्यवस्थापनको प्रमुख जिम्मेवार निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनुगमन कर्मकाण्डी मात्रै भएको स्वीकार गरे । उनले भने, ‘हामी काम गरिरहेकै छौं, तर कारवाही गर्न नसक्ने गरी हाम्रा हातखुट्टा बाँधिएका छन् ।’
अधिकारकर्मी माधव तिमिल्सिनाले पनि सरकारले एउटा मात्रै निकाय बनाएर अनुगमन र कारवाहीका लागि स्पष्ट कानूनी आधार बनाउनु आवश्यक रहेको सुझाव दिए ।
समग्र बजार व्यवस्थापन र दशैं तिहार बजार व्यवस्थापनका विषयमा मनीषा अवस्थीले विभागका महानिर्देशक गौचन र अधिकारकर्मी तिमिल्सिनासँग कुराकानी गरेकी छन् ।
हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...
शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...
कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली न...
काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही ...
काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...