२५ जेठ २०८३, सोमबार

शिक्षक सेवा आयोगको परीक्षाका कारण पढाइ प्रभावित

शिक्षक सेवा आयोगको परीक्षाका कारण पढाइ प्रभावित

डाेटी-  शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका धेरैजसो शिक्षक परीक्षा दिन गएकाले पठनपाठन अवरुद्ध भएको जोरायल गाउँपालिका–१ का पबित्रा खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश शिक्षक परीक्षा दिन गएकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ ।” 

डोटीबाट परीक्षा दिने शिक्षकको परीक्षा डडेल्धुरा केन्द्र तोकिएकाले परीक्षार्थी शिक्षक त्यसतर्फ लागेका हुन् । यसअघि पनि परीक्षाको तयारीका लागि भन्दै केही शिक्षक विद्यालयमा नियमित उपस्थित नभएका र केहीले जिल्ला बाहिर गएर परीक्षाको तयारीमा लागेका कारण विद्यार्थीको पढाइमा अवरोध भइरहेको गडसेरास्थित महेन्द्र प्रस्तावित निमाविका शिक्षक प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । जिल्लाका नौ वटै स्थानीय तहका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक परीक्षामा सहभागी हुँदैछन् । 

शिक्षक सेवा आयोगले माविको परीक्षा आज असोज ११, आधारभूत तहको १२ र प्राथमिक तहको परीक्षा १३ गते लिने भएको छ । विभिन्न समयमा राष्ट्रिय र स्थानीय बिदाका नाममा दुई महीनाभन्दा बढी बिदा हुने जिल्लाका विद्यालय खुलेको समयमा समेत नियमित पठनपाठन नहुँदा विद्यार्थीको पढाइमा अवरोध हुने गरेको कपल्लेकीस्थित केदारेश्वर माविका विद्यार्थी रोसन ऐरले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्