०९ असार २०८३, मंगलबार

२२ वर्षीया बुहारीलाई पालैपालो बलात्कार गर्ने दुई जना जेठाजु पक्राउ

२२ वर्षीया बुहारीलाई पालैपालो बलात्कार गर्ने दुई जना जेठाजु पक्राउ
सन्दर्भ तस्वीर

धादिङ- धादिङको थाक्रेमा बुहारीलाई पालैपालो बलात्कार गर्ने दुई जेठाजु पक्राउ परेका छन् । थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बुहारीको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । आफूलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित बुहारीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
माइलो जेठाजुले यही असोज ५ गते र जेठो जेठाजुले गत साउन २८ गते बलात्कार गरेको पीडितको आरोप छ । उनले जेठाजुहरूले आफुलाई बलात्कार गर्न अरु मानिसलाई समेत पठाएको आरोप लगाएकीछिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्