१५ असार २०८३, सोमबार

ट्रंपको देशमा मोदीको मान्छेको हत्या

कात्तिक २०, २०७४
ट्रंपको देशमा मोदीको मान्छेको  हत्या
अमेरिकाको कैससर राज्यको एक रेस्टुरेन्टमा एक हमलावरले दुई भारतीय समेत तीन जनामाथि गोली चलाएका छन् । यसमा एक भारतीय युवकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हमलावर ५१ वर्षीय ऐडम पुरिटनको केही घण्टापछि छिमेकको मिसूरी राज्यबाट गिरफ्तार गरिएको छ ।

स्थानीइ मिडियाले प्रत्यक्षदशीलाई उदृत गर्दै जनाएअनुसार यो नश्लवादी हमला हो । हमलवाबरले गोली चलाउनु पुर्व ‘मेरो देशबाट बाहिर निस्क’ भन्दै कराएका थिए ।

एक अनुमान अनुसार उसले दुवै भारतीयलाई मध्य पूर्व मूलका सोचेर हमला गरेका थिए । तर प्रहरीले यसबारे केही भनेको छैन ।

दवै भारतीय मध्ये ३२ वर्षीय श्रीनिवास कुचीवोतलालाई उपचारको क्रममा अस्पतालमा मृत्ये भएको थियो भने ३२ वर्षकी आलोक मदासानी तथा २४ वर्षका इएन ग्रिलाटको अवस्था गम्भीर रहेको छ ।

उनीहरु इन्जिनियर भएको बताइएको छ । प्रहरीका अनुसार हमला ओलेथा शहरमा बुधबार शाम आस्टिन बार एण्ड ग्रिलमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्