०३ साउन २०८३, आइतबार

तेलंगानाका मुख्यमन्त्रीले करोडौं रुपैयाँ मन्दिरमा चढाएपछि....

कात्तिक २०, २०७४
तेलंगानाका मुख्यमन्त्रीले करोडौं रुपैयाँ मन्दिरमा चढाएपछि....
काठमाडौं, १३ फागुन — भारतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दक्षिणी राज्य तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावको आलोचना गरेका छन् ।


मुख्यमन्त्री रावले सुप्रसिद्ध तिरुपति बालाजी मन्दिरमा सुन दान गर्नका लागि सार्वजनिक सम्पत्तिका रूपमा रहेको आठ करोड रुपैयाँ खर्च गरेको विषयलाई लिएर उनीहरूले आलोचना गरेका हुन् ।

बुधवार रावले तेलंगाना बनाउनका लागि आफूले एक दशकदेखि गरेको संघर्ष सफल भएकोमा ईश्वरलाई धन्यवाद दिन सुन दान गरेका थिए ।

तर ट्विटर प्रयोगकर्ताहरूले उनको भव्य दानको कुनै अर्थ नभएको टिप्पणी गरे ।

रावले सन् २०१६ मा करोडौं रुपैयाँ यसैगरी दान दिएकोमा आलोचना बेहोरेका थिए ।

नाम नखुलाउने शर्तमा एकजना अधिकारीले उक्त दान तेलंगाना र यहाँका जनताको तर्फबाट भेटका रूपमा रहेको बताए ।

ट्विटर प्रयोगकर्ताहरूले भने सार्वजनिक हितका लागि यो रकम खर्च गर्नुपर्ने बताएका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्