
सुनसरी– सुनसरीमा आयुर्वेदिक औषधीकाे गाेली (ट्यावलेट) सेवन गर्दा घाँटीमा अड्किएर एकजनाको मृत्यु भएको छ ।
आज दिउँसो ईटहरी उप-महानगरपालिका-३ बस्ने सन्तोष सारुमगरको श्रीमती अन्दाजी बर्ष २४ की शान्ति मगरले ग्यास्टिकको आयुर्वेदिक औषधी सेवन गर्ने क्रममा घाँटीमा अड्किएकाे थियाे ।
घाँटीमा अड्किएकाे अाैषधि निकाल्न तत्काल बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।