१२ असार २०८३, शुक्रबार

अमेरिकाले लगायाे चीनमाथि लगायाे चाेरीकाे अाराेप, चीनद्वारा यस्ताे प्रतिक्रिया

असोज १२, २०७५
अमेरिकाले लगायाे चीनमाथि लगायाे चाेरीकाे अाराेप, चीनद्वारा यस्ताे प्रतिक्रिया

न्यूयोर्क– प्रविधि चोरेको भन्ने अमेरिकी दावीको चीनले खण्डन गरेको छ । 

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी कम्पनीबाट प्रबिधि चोरिरहेको भन्ने दावीको अस्वीकार गर्नुभयो । 

अमेरिकाले चीनमाथि व्यापार नियन्त्रण उपायको प्रमुखमध्येको एउटा कारण प्रबिधि चोरी नियन्त्रण पनि भएको बताएपछि चिनियाँ विदेशमन्त्री यीले वासिङ्टनको दावीको खण्डन गर्नुभएको हो । 

मैले यो कुरा प्रष्ट पार्न चाहन्छु कि चीनले विदेशी पेटेन्ट राइट्स (एकस्वाधिकार) चोरी गरेको छैन र गर्न पनि चाहँदैन । 

नत चीनले आफ्नो प्रबिधिको एकस्वाधिकारलाई लिन अरू कसैलाई नै भन्छ, विदेशमन्त्री यीले न्यूयोर्कस्थित ‘काउन्सिल अन फरेन रिलेसन’लाई बताउनु भयो । यी राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा अमेरिका भ्रमणमा हुनुहुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्