१२ असार २०८३, शुक्रबार

आलिया भट्ट भन्छिन्, 'अमिताभको चिठ्ठीको पर्खाइमा छु'

कात्तिक २०, २०७४
आलिया भट्ट भन्छिन्, 'अमिताभको चिठ्ठीको पर्खाइमा छु'
एजेन्सी: बलिउडमा हाइवे, उडता पञ्‍जाब लगातका सुपरहिट फिल्‍ममा काम गरिसेकी अभिनेत्री आलिया भट्टले पहिलो पटक बलिउड महानायक अभिताभ बच्चसँग काम गर्ने मौका पाएकी छिन्। अयान मुखर्जीको फिल्ममा आलियाले अमिताभ बच्चनसँग पहिलो पटक काम गर्ने मौका पाएकी हुन्।

उनले अमिताभसँग काम गर्ने मौका पाउँदा निक्‍कै उत्साहित भएको प्रतिक्रिया दिएकी छिन्।उनले अमिताभलाई अझै पनि जवान रहेको र आफ्‍नो साथी जस्तै अनुभव भइरहेकाले कुरा गर्न चाहेको बताएकी छिन्।

उनले भनेकी छिन् 'मैले धेरै पटक बच्चनसँग कुरा भएको छ। मैले सँगै काम गर्ने इच्छा उहाँसमक्ष राखेकी थिए। यदि बच्चनसँग काम गर्ने अवस मिलेमा म धेरे खुशी हुन्छु।'

उनले अमिताभसँग अभिनेत्री भएपछिमात्रै भेट भएको बताएकी छिन्। उनले पहिलो भेटमा आफू धेरै आत्तिएको तर अबको भेट सामान्य हुने बताएकी छिन्। उनले भनेकी छिन्,' बच्चन धेरै प्यारो हुनुहुन्छ।ऊ जवान छ र कुरा गर्दा मलाई हामी सँगैको साथी जस्तो लाग्छ।'

आलियाले युवा अभिनेताले पठाएको चिठ्ठी धेरै आए पनि अमिताभको हातबाट लेखेको चिठ्ठी कहिले आउँछ भन्‍ने प्रतिक्षामा बसेको बताएकी छिन्।

salt training

कमेन्ट गर्नुहोस्