
पाल्पा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बगनालकाली गाउँपालिकाले आज यहाँ अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
सो अवसरमा नेकपाका युवा नेता ठाकुर गैरेले दुई तिहाइ बहुमतको सरकारलाई असफल बन्ने छुट नभएको बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का सांसद तुलाराम घर्तीले सरकारले देश र जनताका पक्षमा काम गरिरहेको बताउँदै देश विकासका लागि सबै समुदायको सक्रिय सहयोग हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
प्रदेश सांसद नारायण आचार्य, नेकपाका जिल्ला नेता तथा संविधानसभाका सदस्य राधाकृष्ण कडेल, देवीलाल बस्याल, सरस्वती चिदी, झपेन्द्र जिसी, मथुरा ढकाललगायतले वर्तमान सरकारका काम प्रभावकारी बनाउन कार्यकर्ताहरु एक जुट हुनुपर्ने बताउनुभयो ।