
काठमाडौं, १३ फागुन — सरकारले आउँदै वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । राजनीतिक दलहरु मतदाता फकाउने योजनामा लागिसकेका छन् । निर्वाचन आयोगले पनि धमाधम निर्वाचनको काम गरिरहेको छ । उम्मेदवारहरूले पनि आफ्ना अफ्ना योजना गराइरहेका छन् ।
तर भोट हाल्ने त मतदातालेनै हो । भोट हाल्नको लागि मतदाता नामावलीमा नाम लेखाउनु पर्छ । अहिले चाहिँ आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन रोकेको छ । होइन भने यो काम निरन्तर चलिरहेको थियो । कतिपय जिल्लामा त नागरिकता बनाउने वित्तिकै मतदाता नामावलीमा नाम लेखाउन पाउने गरि निर्वाचन आयोगले डेस्क खडा गर्छ ।
निर्वाचन आयोगसँग मतदाता नामावली छ । त्यसमा केही त्रुटी भएमा तपाईले सच्याउनुपर्छ । होइन भने भोट हाल्ने बेलामा समस्या पनि सिर्जना हुन सक्छ । फागुन १७ गते देखि २१ गते नामावलीमा भएको आफ्नो विवरणमा केही गल्ती भएमा सच्याउन सकिन्छ ।
१८ वर्ष उमेर पुगेका हरेक नागरिकले मत हाल्न सक्छन् । तर मत हाल्नको लागि चाहिँ मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ । देशभर कति मतदाता छन भनेर ठ्याक्कै विवरण नआइसकेको भएपनि एक करोड ४० लाख मत पत्र छपाउने तयारी निर्वाचन आयोगले गरेको छ ।
तपाईको नामावली आयोगको सूचीमा छुटेको पो छ कि ? वा त्रुटिपूर्ण पो छ कि ?
यहाँबाट हेर्नुहोस् आफ्नो विवरण