
काठमाडौं– इन्डोनेसियामा भूकम्प र भूकम्पपपछि आएको सुनामीमा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार तटीय क्षेत्रमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सुनामीका कारण सो क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । सुनामीका कारण तटीय क्षेत्रका अधिकांश संरचनाहरु भत्किएका छन् । स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।
स्थानीय प्रशासनले सुनामीको खतराको संकेत गरेको केही समयमा सुलावेसी टापुमा २ मिटर अग्ला सामुन्द्रिक छालसहितको सुनामी आएको हो । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागले सुनामी केही मत्थर भएको बताएको छ ।