१० असार २०८३, बुधबार

उत्कृष्ट सूचना अभियन्ता पुरस्कार आचार्यलाई

उत्कृष्ट सूचना अभियन्ता पुरस्कार आचार्यलाई

राष्ट्रिय सूचना आयोगले प्रदान गर्ने उत्कृष्ट सूचना अभियन्ता पुरस्कार यस वर्ष सामूदायीक सूचना समाज कास्कीका अध्यक्ष दीपक आचार्यलाई प्रदान गरिएको छ ।

राष्ट्रिय सूचना आयोगमा भएको कार्यक्रममा सर्वोच्च अदालतका प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले आचार्यलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कारको राशी ३० हजार नगदसहित कदर पत्र रहेको छ । सूचना आयोगले तीन वर्ष यता प्रदान गर्दै आएको पुरस्कार देशभरबाट सूचनाको अधिकार सम्बन्धी क्रियाकलापमा सक्रिय अभियन्तालाई प्रदान गरिदै आएको छ ।

कार्यक्रममा प्रधानन्यायधिश मिश्रले नेपालमा सूचनाको हकको संबैधानिक सुनिश्चितता स्थापीत हुंदै गएको बताउनुभएको छ । सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्याधिश मिश्रले यस्तो बताउनुभएको हो ।

उहाँले सूचनामा नागरिकको सर्वव्यापी पहुँचका लागि सूचना आयोगले खेलेको भूमिको प्रसंसा गर्नुभयो । उहाँले आयोगको कार्यलाई कानुनको पालनासंगै थप व्यवसायीक बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले आयोगलाई आफ्नो काम स्वतन्त्र रुपमा गर्न दिनुपर्ने भन्दै सूचना प्रवाह गर्ने बिषयमा हस्तक्षेप हुन नहुने बताउनुभयो । दिवसका अवसरमा आयोगले सूचना ईजालस पनि स्थापना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्