०१ असार २०८३, सोमबार

दिनहुँ एक क्याप्सूल खाँदा हट्न सक्छ मोटोपन !

दिनहुँ एक क्याप्सूल खाँदा हट्न सक्छ मोटोपन !

एक नयाँ अनुसन्धान रिपोर्टका अनुसार भिटामिन डी सट्टामा लिनाले बच्चामा बढीरहेको मोटोपनलाई कम गर्न सकिन्छ । 

आजभोलि धेरै बालबालिका मोटोपनबाट पीडित भएका छन् । यी सबै बालबालिकाको डाइटमा मिनरल्स, भिटामिनका साथ साथ भिटामिन डीको पनि अधिक कमी देखिएको छ । 
अनुसन्धानका अनुसार मोटोपन रोक्नका लागि सबैन्दा राम्रो बिकल्प हेल्दी डाइट तथा व्यायामलाई बताइएको छ । 

ग्रीसको एक नयाँ अनुसन्धान रिपोर्टका अनुसार दिनहु भिटामिन डीको डोज लिँदा बालबालिकामा बढिरहेको मोटोपन तथा कोलस्ट्रोरको मात्रालाई नियन्त्रण गर्न सहयोग पुग्छ । 

रिपोर्टका अनसार मोटोपन तथा धेरै वजन भएको बालबालिकामा बढिरहेको मोटोपनको शिकार हुने सम्भावना धेरै हुन्छ । साथै उनीहरुमा डाइजिटिज, मुटुको समस्या तथा क्यान्सर जस्तो समस्याको खतरा पनि बढ्न सक्छ । 

यो अनुसन्धानका अनुसार जसको पेट आवश्यकता भन्दा धेरै ठूलो हुन्छ उनीहरुमा भिटानिम डीको कामी हुन सक्छ । 
साथै शरीरमा पोषणको कमीका कारण हड्डी तथा पाचन प्रणाली पनि कमजोर हुन सक्छ । 

भिटामिन डी पर्याप्त पाइने माछा तथा दुध, डाइविटिज क्यान्सर कपाल झर्ने समस्या कम गर्न सहयोगी हुनेछ । 

अनुसन्धानका क्रममा शोेधकर्ताहरुले २३२ मोटा बालबालिका १ वर्ष भन्दा धेरै समय जाँच गरेको थियो । उनीहरु मध्ये आधा भन्दा धेरै बालबालिकालाई दिनहुँ भिटामिन डीको क्याप्सूल दिइएको थियो । जबकी ११५ बालबालिकामा प्लेसबो अर्थात इन्जेक्सन अथवा चीनीको चक्की दिइएको थियो । 

नजिता आयेकि जुन बच्चालाई सधै भिटामिन डीको सप्लेमेन्ट दिइएको थियो उनीहरुमा १२ महिनामा तौल तथा कोलस्ट्रोलको स्तर ति बच्चाको तुलनामा निकै कम पाइयो जसलाई प्लेसबो दिइएको थियो । 
अनुसन्धानका मुख्य लेखक डा. इभान्गेलि चर्मन्दरीले यस अनुसन्धान रिपोर्टको माध्यमबाट मोटोपनसँग जुधिरहेका बालबालिकामा मुटु तथा अन्य गम्भीर बिरामी टाढा गर्नको लागि सहयोग मिल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्