१० असार २०८३, बुधबार

आकाश र आश्माको ʻड्रिम गर्लʼ मंसिरमा सर्यो

आकाश र आश्माको ʻड्रिम गर्लʼ मंसिरमा सर्यो

काठमाडौं- चलचित्र ʻड्रिम गर्लʼको नयाँ प्रदर्शन मिति तय गरिएको छ ।

ऋषिराज आचार्यको लेखन, निर्माण तथा निर्देशनमा बनेको चलचित्र अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउनेछ । आउँदो शुक्रबार (असोज १९)बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र अन्तिम समयमा आएर झण्डै डेढ महिना पर सरेको हो । असोज २४ गते चलचित्र ‘छक्का पन्जा ३’ रिलिज हुने भएपछि ʻड्रिम गर्लʼ निर्देशकले आफ्नो चलचित्र असोज १९ गतेको मितिमा रिलिज गर्न नसकेका हुन् ।

चलचित्रको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरी देखिएका छन् । साथमा विल्सनविक्रम राई, अर्जुन श्रेष्ठ, पूजा पराजुली, लक्ष्मी गिरी लगायत कलाकारको पनि अभिनय छ । नायिका आश्माले यही चलचित्रबाट हिरोइनका रूपमा डेब्यु गरेकी हुन् । चलचित्रको निर्मातामा निर्देशक ऋषिराज स्वयंमका साथमा अर्जुन शर्मा र रामेश्वर धिताल राजु छन् ।

चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत समावेश छ । चलचित्रमा समावेश दुई गीत तथा पोष्टर सार्वजनिक गरेको चलचित्रको ट्रेलर केही दिनमै सार्वजनिक गरिने निर्देशक आचार्यले बताए । आचार्यले यसअघि ʻसपना तिम्रो मेरोʼ, ʻसुन्तलीलाई भगाई लग्यो झिल्केलेʼ लगायतका चलचित्र निर्माण तथा निर्देशन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्